काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले स्थानीय तहको चुनाव समयमा नगर्ने योजनाअनुसार सत्तारुढ गठबन्धनले ‘अर्लि इलेक्सन’को चर्चा गरेको आरोप लगाएका छन् ।

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले स्थानीय निर्वाचन भत्काउने, सार्ने र गडबड गर्ने उद्देश्यले ‘अर्लि इलेक्सन’को चर्चा भएको हुनसक्ने बताए ।
उनले भने, ‘उहाँहरुको सोझो हिँडाइ छैन, उहाँहरु स्थानीय तह निर्वाचन भत्काउन लाग्ने, पर पु¥याउने निर्वाचन हलमै गडबड गर्ने लगायतका कुरा हुन सक्छन् ।’
संसदले ठीक ढंगले काम नगरेपछि विघटन गर्दा प्रतिगमन भयो भन्ने दलहरुले नै अर्लि इलेक्सनको चर्चा गर्दा शंका बढेको उनले बताए ।














