Logo
Logo

सोलुखुम्बुमा लागेको आगो निभाउन काठमाडौंबाट हेलिकप्टर जाँदै


1.4k
Shares

काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकैको जंगलमा लागेको आगो निभाउनका लागि काठमाडौंबाट हेलिकप्टर जाने भएको छ ।

तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको जंगलमा लागेको आगो निभाउन सीम्रिक एअरको हेलिकप्टर काठमाडौंबाट उडेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका उपाध्यक्ष टासी ल्हामु शेर्पाले जानकारी दिए ।

सीम्रिक एयरसँग मात्रै दमकलसहितको हेलिकप्टर भएकाले हेलिकप्टर पठाइएको उनले बताए । उपाध्यक्ष शेर्पाका अनुसार पासाङ ल्हामु गाउँपालिका–२ नाक्चुङको जंगलमा गएरातिदेखि सुरु भएको आगो भिरमा प्रवेश गरिसकेकाले आगो निभाउन हेलिकप्टरको विकल्प नभएको हो ।

आगलागीका कारण धुवाँले विमानस्थलको धावनमार्ग ढाक्दा बिहान झण्डै १ घण्टा उडान तथा अवतरण नै ठप्प भएको नगारिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिए । के कारणले आगलागी भएको हो भन्ने बारे थाहा हुन नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्