Logo
Logo

राष्ट्रपतिद्वारा शोक व्यक्त


1.2k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता कृष्णराज वर्माको निधनबाट आफू मर्माहत भएको बताउँदै दिवंगत नेताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् । उनले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन् ।

“वरिष्ठ वामपन्थी नेता एवं किसान आन्दोलनका अगुवा कृष्णराज वर्माको निधनको खबरले म दुःखी भएको छु । दिवंगत नेता वर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा उहाँको योगदान चिरस्मरणीय रहनेछ”, राष्ट्रपतिले ट्वीट गर्दै भनेकी छन् ।

वरिष्ठ वामपन्थी नेता वर्माको ९३ वर्षको उमेरमा आइतबार अपराह्न निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्