Logo
Logo

कस्तो रहला आज दिनभरिको मौसम ?


693
Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाले देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

देशका अन्यत्र भू-भागमा आज मौसम सामान्यतयाः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, दिउँसो देशको पहाडी तथा हिमाली भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतयाः सफा रहने जनाइएको छ ।

सुदूरपश्चिम, गण्डकी र प्रदेश नं १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । यस्तै, राती देशभर आंशिक बदलीदेखि मौसम सामान्यतयाः सफा रहने बताइएको छ ।

यसैबीच, देशभर तापक्रम बढ्ने क्रममा रहेकाले विशेषगरी तराई र चुरे क्षेत्रमा गर्मीबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्