Logo
Logo

पुस्तकालयको ठेक्कामा २५ करोडको चलखेल, शिक्षा मन्त्री र सचिवकै बदनाम गर्दै बिचौलिया


1.6k
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय पुस्तकालयको जमलस्थित भवन निर्माणको बोलपत्रमा प्रतिस्पर्धालाई सीमित गरी राज्यलाई २५ करोड नोक्सान पार्नेगरी विवादित कम्पनीलाई ठेक्का दिने तयारी गरिएको छ । टेण्डर भएकै मितिदेखि बोलपत्र सूचनामा राखिएका सर्तहरु सार्वजनिक खरिद ऐन र नियम बिपरीत भएको भन्दै निर्माण ब्यवसायीहरुबाट बिरोध हुँदैआएको छ ।

स्रोतका अनुसार प्रतिष्ठा निर्माण सेवालाई मात्र अनुकूल हुने सर्त राखी टेण्डर सूचना निकालेर प्रतिस्पर्धा हुँदा ५० करोड रुपैयाँमा हुने पुस्तकालय भवन ७५ करोडमा ठेक्का दिन लागिएको छ । शिक्षा मन्त्रालयका लेखानियन्त्रकदेखि केही बिचौलियाहरुले मन्त्री देवेन्द्र पौडेल र सचिव यादवप्रसाद कोइरालालाई समेत गुमराहमा राखी प्रतिस्पर्धामा बन्देज लगाउने सर्तहरु राखी प्रतिष्ठा निर्माण सेवालाई दिन लागेको बताइएको छ ।

जसको दृष्टान्त २०७८ फागुन १८ मा एउटा मात्रै कम्पनी प्रतिष्ठा निर्माण सेवाले मात्र प्राविधिक मूल्यांकनका लागि प्रस्ताव पेश गरेबाट पुष्टि भएको छ । प्रतिष्ठालाई नै ठेक्का दिनेगरी उसको सेटिङमा टेण्डर सूचनामा सर्त र योग्यता राखिएको थियो भन्ने कुरा प्राविधिक प्रस्ताव उसको मात्रै दाखिला भएबाट पुष्टि भएको छ । ४ वटा कम्पनीले प्राविधिक प्रस्ताव खरिद गरेका थिए । तर सार्वजनिक खरिद ऐन नियम बिपरीत सर्त राखिएका कारण ३ वटाले प्रतिस्पर्धामा भागै लिन पाएनन् । प्रतिष्ठा निर्माण सेवासँगको सेटिङमा बिचौलियाहरुले पुस्तकालय भवन निर्माणका लागि आवश्यक नै नहुने सर्त राखेका कारण तीन वटा कम्पनीले किनेको प्रस्ताव समेत बुझाउन सकेनन् ।

यस विषयमा प्रतिक्रिया माग्दा शिक्षा मन्त्रालयका सचिव कोइरालाले भने–‘एउटामात्रै प्रस्ताव परेकाले त्यो बोलपत्र स्वीकृत गर्न गाह्रो छ । मैले यो बोलपत्रको बारेमा हेर्न भ्याएको छैन, म अध्ययन गर्छु, प्रतिस्पर्धालाई सीमित गरिएको देखिएमा रद्द हुन्छ ।’

बालुवाटारका बिचौलिया रामचन्द्र भट्टको सेटिङमा ५० करोडमा निर्माण हुने पुस्तकालयको ठेक्का ७५ करोडमा फूल रेटमा प्रतिष्ठा निर्माणले प्रस्ताव हालेको छ । जसका कारण राज्यलाई २५ करोड नोक्सान हुन पुगेको छ । स्वस्छ प्रतिस्पर्धा हुँदा ५० करोड रुपैयाँमा निर्माण गर्न ब्यवसायीहरु तयार देखिन्छन् । तर भट्टको सेटिङमा मन्त्री र सचिवलाई समेत गुमराहमा राखी राज्यलाई घोटा पार्न लागिएको पुष्टि प्रतिष्ठाको मात्र प्राविधिक प्रस्ताव योग्य ठहराएपछि पुष्टि भएको छ । जुन सार्वजनिक खरिद ऐन नियमको ठाडो उल्लंघन हो । सार्वजनिक खरिद ऐनमा बोलपत्रमा सर्तहरु राखेर निश्चित कम्पनीलाई ठेक्का दिन पाईँदैन ।

प्रतिष्ठा निर्माण सेवाको सेटिङमा १० बर्षभित्र कम्तीमा प्रतिबेसमेन्ट १३८५ स्क्वायर मिटर भएको डबल बेसमेन्ट तयार गरेको, ५ सय मिटर क्षमताको सभाहल निर्माण कार्य गरेको, अन्तर्राष्ट्रिय अभ्यासको पुस्तकालय भवन निर्माण गरेको, मन्दिर तथा पुरातत्व निर्माण तथा पुननिर्माण जस्ता काम गरिसकेको निर्माण कम्पनी मात्र सहभागी हुन पाउने प्राविधिक मापदण्डहरु राखेर मन्त्रालयका सचिव कोइरालाले प्रतिस्पर्धालाई खुम्च्याएको निर्माण ब्यवसायी महासंघका पदाधिकारीको गुनासो छ ।

२०७८ माघ १० गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गरेको पुस्तकालय भवनको टेन्डरमा प्रतिष्ठा निर्माण सेवालाई दिनेगरी सेटिङ गरिएको प्रष्टसँग देखिएको छ । शिक्षा मन्त्रालयले प्रकाशित गरेको टेन्डर सूचनामा प्रतिष्ठा निर्माण सेवाका रिजालकै सेटिङमा १० वर्षभित्र कम्तीमा ५७ करोड ७४ लाख ९८ हजार रुपैयाँ बराबरको एउटा डबल बेसमेन्ट भवन निर्माण गरेको कम्पनी मात्रै ठेक्कामा सहभागी हुन पाउनेगरी स्पेफिकेसन राखिएको थियो । २०७२ को भूकम्पमा राष्ट्रिय पुस्तकालयको पुल्चोकस्थित भवन भत्किएपछि टहरा बनाउनका लागि प्रतिष्ठा निर्माण सेवालाई दिइएको थियो, ती टहरा सबै पानी चुहिनेखालका बनाएको भए पनि स्पेकमा त्यो टहरा (ट्रष्ट) बनाएको हुनुपर्ने बुँदा पनि राखिएको छ ।

प्रतिष्ठा निर्माण सेवालाई मात्र अनुकूल हुने सर्त राखी टेण्डर सूचना निकालेर प्रतिस्पर्धा हुँदा ५० करोड रुपैयाँमा हुने पुस्तकालय भवन ७५ करोडमा ठेक्का दिन लागिएको छ । शिक्षा मन्त्रालयका लेखानियन्त्रकदेखि केही बिचौलियाहरुले मन्त्री देवेन्द्र पौडेल र सचिव यादवप्रसाद कोइरालालाई समेत गुमराहमा राखी प्रतिस्पर्धामा बन्देज लगाउने सर्तहरु राखी प्रतिष्ठा निर्माण सेवालाई दिन लागेको बताइएको छ ।

पुस्तकालयका अधिकारीका अनुसार प्रतिस्पर्धालाई सीमित गराउन र एउटा मात्रै कम्पनीलाई प्राविधिक मूल्यांकनमा पास गराउने पूर्वयोजना अनुरुप नै ठेक्का प्रकाशित गरिएको थियो । पुस्तकालय भवन बनाउनका लागि प्रतिष्ठा निर्माण सेवाका संचालक धु्रव रिजालसँग शिक्षा मन्त्रालयका सचिव यादव कोइरालाको सेटिङ भएकाले उसैले ठेक्का पाउनेगरी मापदण्ड राखिएको स्पष्ट भएको छ ।

प्रतिष्ठा निर्माण सेवा निर्माण ब्यवसायीको क्षेत्रमा जगतमा सेटिङमा ठेक्का लिने र २५ देखि ३० प्रतिशतमा अर्कैलाई बिक्री गर्ने भनी बदनाम छ । प्रायः क वर्गका निर्माण ब्यवसायीसँग स्काभेटरदेखि सबै उपकरण हुन्छन् । तर क वर्गको निर्माण कम्पनी प्रतिष्ठासँग एउटा सिमेन्ट र गिटी मिसाउने मिक्स्चर समेत नभएको निर्माण ब्यवसायी महासंघका एक सदस्यले बताए । उनले भने–सेटिङमा ठेक्का लिने र बेच्ने प्रतिष्ठाका रिजालको धन्दा हुँदैआएको छ ।

संचालक धु्रव रिजालले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणाको नाम लिने बिचौलिया रामचन्द्र भट्ट र सचिव कोइरालासँग सेटिङ गरी राष्ट्रिय पुस्तकालयको ठेक्का सेटिङमा लिन लागेको आरोप छ । रामचन्द्र भट्ट बालुवाटारका ठूला बिचौलियाका रुपमा चिनिन्छन् ।

रिजाल कस्ता ठेकेदार हुन् भन्ने कुरा बिशेष आर्थिक क्षेत्र प्राधिकरण(सेज) ले बाराको सिमरामा संरचना निर्माणको ठेक्कामा भएको गुणस्तरहीन निर्माणलाई लिन सकिन्छ । सेजले प्रतिष्ठा निर्माण सेवालाई सेटिङमा सिमराको सरचना निर्माणको ठेक्का दिएको थियो । तर प्रतिष्ठाले अर्कै कम्पनीलाई उक्त ठेक्का बेच्यो, प्रतिष्ठाले लिएको ठेक्का अर्कैले किनेर संरचना बनाउँदा गुणस्तरहीन भएकाले पाँचवटा पिलर नै भाँचिएका छन् । र, सेजका सीईओ चण्डिकाप्रसाद भट्ट पिलर भाँचिएपछि प्रतिष्ठालाई ठेक्का दिएका कारण अख्तियारको फन्दामा परिने चिन्तामा परेका छन् । उनले प्रतिष्ठाका ुसंचालक रिजाललाई गुणस्तरहीन संरचना निर्माण भएर पिलर भाँचिएपछि कालोसूचीमा राख्ने चेतावनी दिई गुपचुप रुपमा अर्को पिलर बनाउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्