Logo
Logo

सरकारी निवासबाटै चोलेन्द्रको सेटिङ


14.5k
Shares

काठमाडौं । आइतबार महाअभियोग सिफारिस समिति गठन भएसँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसदले विस्तृत छानबिन प्रक्रिया अघि बढाएको छ । उनले गरेको फैसला र सम्पत्तिमाथि जनताको सार्वभौम संस्था संसदले विस्तृत छानिबन गर्दैछ ।

न्यायलयमा संगठित गिरोह खडा गरी पैसा उठाएको तथा पदको आडमा सरकारसँग विभिन्न पद बार्गेनिङ गरेपछि उनीविरुद्ध सर्वाेच्चबाटै बिद्रोह सुरु भएको थियो । लामो दबाबपछि १ फागुनमा उनीविरुद्ध संसदमा महाअभियोग दर्ता भएकोमा अब कारबाहीको प्रक्रिया अघि बढेको छ ।

यसरी आरोपी भइसक्दा पनि चोलेन्द्रको चलखेल भने रोकिएको छैन, त्यो पनि सरकारी निवासमै बसेर । भ्रष्टाचारको अभियोगमा निलम्बनमा पर्दा पनि उनले बालुवाटारस्थित सरकारी निवासमै अड्डा जमाएका छन् । सरकारी निवासबाटै अझै पनि विभिन्न षडयन्त्रको योजना बुनिरहेको स्रोत बताउँछ ।

सर्वाेच्चकै न्यायाधीशहरूलाई फकाएर आफ्नो पक्षमा फैसला गराउन लगाउनेदेखि महाअभियोग समितिमा रहेका सांसदहरूलाई प्रभावमा पार्ने योजनामा उनको गिरोह सक्रिय बनेको छ । सोही अनुसार महाअभियोगविरुद्ध हालै रिट दायरसमेत गरिएको छ । तर, उनी फर्कने सम्भावना भने शून्य जस्तै देखिएको छ ।

गम्भीर अभियोग लागेर निलम्बन हुँदासमेत उनले सरकारी निवास नछाडेकोमा सर्वाेच्चकै कर्मचारीले समेत आश्चर्य मानेका छन् । अब सर्वाेच्चमा फर्किने उनको सम्भावना छैन । महाअभियोग पारित नै नभए पनि उनले अनिवार्य अवकाश पाउने अवस्था छ । मंसिरमा उनले अनिवार्य अवकाश पाउँछन् । सिफारिस समितिले कम्तीमा तीन महिना लगाउँदा जेठ हुन्छ । समय नपुगेमा सभामुखले समय थप्न सक्नेछन् । साथै, पछि संसदमा छलफल र पारितको समय पनि लामो हुने भएकाले चोलेन्द्र न्यायालयमा फर्किने सम्भावना छैन । अर्काेतर्फ एमालेले पनि उनलाई साथ दिने सम्भावना छैन । न्यायालयलाई नै बदनाम गराउने व्यक्तिलाई साथ दिँदा जनतामा नकारात्मक असर पर्ने भन्दै उनको पक्ष लिन नहुने एमाले नेताहरुले सार्वजनिक रुपमै बताउन थालेका छन् । अर्काेतर्फ महाअभियोग सिफारिस समितिमा एमाले बस्नुले पनि उनीहरु यसमा सहमत देखिएका छन् ।

न्यायलयभित्र अझै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेरको सेटिङ चलिरहेको छ । चलखेलका आधारमा उनले नियुक्त गरेका न्यायाधीशमार्फत यस्तो चलखेल चलिरहेको स्रोत बताउँछ । खासगरी उच्च अदालत पाटन र काठमाडौं जिल्ला अदालतमा उनको सेटिङ गिरोहका न्यायाधीशहरु छन् । उच्च अदालतमा राजश्व छलीका दर्जनौं ठूला मुद्दा छन् । त्यसमा डिल भइरहेको स्रोत बताउँछ । सर्वाेच्चमै उनले ९२ करोडको विवाद रहेको महालक्ष्मी गार्मेन्ट उद्योगको मुद्दा फैसला गराउन पहल गरेका थिए ।

अर्काेतर्फ न्यायलयभित्र अझै उनको सेटिङ चलिरहेको छ । चलखेलका आधारमा उनले नियुक्त गरेका न्यायाधीशमार्फत यस्तो चलखेल चलिरहेको स्रोत बताउँछ । खासगरी उच्च अदालत पाटन र काठमाडौं जिल्ला अदालतमा उनको सेटिङ गिरोहका न्यायाधीशहरु छन् । उच्च अदालतमा राजश्व छलीका दर्जनौं ठूला मुद्दा छन् । त्यसमा डिल भइरहेको स्रोत बताउँछ । सर्वाेच्चमै उनले ९२ करोडको विवाद रहेको महालक्ष्मी गार्मेन्ट उद्योगको मुद्दा फैसला गराउन पहल गरेका थिए । तर, विद्रोहपछि उनको सेटिङ भत्किएको छ ।

चोलेन्द्रले ट्राभल एजेन्सी चलाउनेदेखि विद्यार्थी नेतासम्मलाई न्यायाधीशमा नियुक्ति गरेका थिए । उनीहरु अझै पनि चोलेन्द्रलाई फर्काउने अभियानमा लागेका छन् । त्यसको गोप्य बैठकहरु बालुवाटारस्थित सरकारी निवासमै हुने गरेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि उनका सहयोगीमाथि समेत छानबिन गरिरहेको छ । छानबिन सुस्त बनाएर छिटो सम्पत्ति सेटल गर्न चोलेन्द्रका भाई प्रभुशमशेर सक्रिय बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्