Logo
Logo

निर्वाचन आयोगलाई ओलीको प्रश्न- मतदाता पत्रको रङ किन हरियो राख्ने ?


378
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि मतदान पत्रको रङ हरियो राख्न लागेको भन्दै आपत्ति जनाएका छन् ।

११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अनेमसंघले गरेको कार्यक्रमलाई सम्मबोधन गर्दै उनले मतदाता पत्र हरियो राखेको प्रति आपत्ति जनाएका हुन् ।

उनले भने, ‘मैले सुनेको छु, चुनाव चिह्न राख्ने रे । सञ्चार माध्यममा देखेँ । तर, व्यस्त रहेकाले मैले आयोगलाई सोध्न भ्याएको छैन, ‘किन हरियो राख्ने ? रुखैरुख देखियोस् भनेर ? तर, यो आयोगले निर्णय गरेको भए सच्याउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्