Logo
Logo

यस्तो रहनेछ आज दिनभरिको मौसम


567
Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान देशका अन्य भू-भागमा मौसम सामान्यतयाः सफा रहेको छ । त्यस्तै, दिउँसो देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतयाः सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

यस्तै, राती देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्यत्र मौसम सामान्यतयाः सफा रहने जनाइएको छ । ।

प्रतिक्रिया दिनुहोस्