Logo
Logo

स्थानीय तह निर्वाचनः ७७ जिल्लामा तोकिए कांग्रेसका कमाण्डर


4.9k
Shares

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचन तयारीका लागि भन्दै नेपाली कांग्रेसले नेताहरुलाई जिम्मेवारी फाँडफाँट गरेको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार बसेको बैठकले चुनावी अभियान सञ्चालन गर्न नेताहरुलाई जिम्मेवारी सुम्पिएको हो । आगामी वैशाखमा हुन लागेको उक्त चुनावमा पार्टीलाई विजयी गराउन ७७ वटै जिल्लाको नेतृत्व गर्नेगरी कमाण्डर तोकिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

सो निर्वाचनमा कांग्रेसलाई जिताउन भन्दै एक महिना “गाउँ-गाउँमा कांग्रेस” अभियान सुरु गर्ने भएको छ । अभियान यही फागुन २९ देखि चैत २९ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्