Logo
Logo

एमसीसीबारे जनतालाई बुझाउन आवश्यकः गृहमन्त्री खाण


567
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले एमसीसी देशको हितमा हुँदाहुँदै पनि अनेक भ्रम फिँजाइएकाले कार्यकर्ताले जनतालाई बुझाउनुपर्ने बताएका छन् ।

एमसीसीबारे जनतामाझ फैलाइएको भ्रम चिर्नसमेत उनले कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना गरेको जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहका लागि रुपन्देही पुगेका गृहमन्त्री खाणले एमसीसी अनुमोदन गरेकै कारण निर्वाचनमा हुनसक्ने सम्भावित क्षतिलाई रोक्न मतदातालाई प्रष्ट पार्न आवश्यक रहेको बताए ।

एमसीसीको वास्तविकता उजागर गर्न सञ्चारकर्मीलाई पनि आग्रह गर्दै उनले सरकारमा सहभागी दल र तिनका नेताहरुले नै एमसीसीबारे भ्रम फैलाएको बताए । संसद्ले अनुमोदन गरेको व्याख्यात्मक घोषणामा एमसीसीमा भएकै कुरा उल्लेख भएको गृहमन्त्री खाणले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्