
नवलपरासी । पश्चिम नवलपरासीको गण्डक नहरमा सोमबार मृत भेटिएका दुईजनामध्ये एकजनाको पहिचान खुलेको छ ।
मृत भेटिएका दुईजनामध्ये एकजना भारतीय नागरिक भएको खुलेको प्रहरीले जनाएको छ । नवलपरासी प्रतापपुर गाउँपालिका– ७ सुर्यपुरास्थित नेपाल गण्डक प्राधिकरण जल विद्युत केन्द्र पावर हाउस नजिकै गण्डक नहरमा दुईजनाको शव भेटिएको थियो । पहिचान खुलेका उनी भारतको महारागंज सिम्देउरहवाका वर्ष ४४ का कम्लेश गौड रहेका नवलपपरासी पश्चिमका प्रवक्ता डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।
उनका आफन्तको सहयोगमा उनको पहिचान खुलेको शाहीले बताए । अर्का मृतक अन्दाजी ३० वर्षीय युवकको अझै पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।











