Logo
Logo

माओवादी केन्द्रको बागमती प्रदेश भेला आज हुँदै


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिले आज प्रदेशस्तरीय भेला आयोजना गर्दैछ ।

ललितपुरको गोदावरीमा प्रदेश परिषद्को विस्तारित बैठक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमसहितको भेला आयोजना हुने भएको हो । पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लक्ष्मण खड्काका अनुसार सो भेलाको उद्घाटन पार्टी अध्यक्ष प्रचण्डले गर्ने तय भएको छ ।

आगामी वैशाखका लागि तोकिएको स्थानीय तहको निर्वाचनको तयारी गर्न प्रदेश भेला आयोजना गरिएको बताइएको छ । भेलाबाट चुनावी योजनासँगै पार्टीलाई चलायमान बनाउनेलगायतका विविध विषयमा महत्वपूर्ण निर्णय हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्