Logo
Logo

कांग्रेसमा युवाको भूमिका महत्वपूर्णः वरिष्ठ नेता पौडेल


567
Shares

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा तरुण युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल तरुण दल भानु नगर समितिले मङ्गलवार आयोजना गरेको संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा शक्तिकै कारण पार्टी बलियो हुने बताएका हुन् । नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन युवाहरू एकजुट भएर लाग्नुपर्नेमा वरिष्ठ नेता पौडेलको जोड थियो । “युवा भनेका कांग्रेसको मेरुदण्ड हो, युवाहरू कांग्रेसलाई जिताउन एक भएर लाग्नुपर्छ”, उनले भने । कांग्रेसले जितेमात्रै देशको विकास सम्भव रहेको उनको जिकिर थियो ।

त्यस्तै, कार्यक्रमका अर्का वक्ता केन्द्रीय सदस्य शंकर भण्डारीले तनहुँको विकासका लागि कांग्रेसले जित्नुपर्ने धारणा राखे । त्यसक्रममा निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपानेले विधानअनुसार पार्टीले निर्वाचनको टिकट दिने भएकाले कोही व्यक्तिको पछाडि लाग्नुको औचित्य नभएको प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्