Logo
Logo

निर्वाचनमा गठबन्धनबीच सहकार्य हुन्छ : अध्यक्ष नेपाल


567
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच सहकार्य हुने बताएका छन् ।

बुधबारबाट काठमाडौंमा सुरु समाजवादीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निर्वाचनको तयारीको सन्दर्भमा गठबन्धन दलहरूबीच कुराकानी भइरहेको र मिलेर जाने सहमति भएको समेत बताए । अध्यक्ष नेपालले भने, ‘अब सिँगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुनेछ ।’

गठबन्धन दलहरुबीचको गठबन्धन तोड्नका लागि भयकंर षडयन्त्र भएको र उक्त षडयन्त्रहरुलाई बिफल पारिएको उनको भनाइ छ । अध्यक्ष नेपालले पार्टीको अनुशासन र विधिहरु पालना गर्नुपर्ने भन्दै अराजकतालाई पार्टीभित्र स्वीकार गर्न नसकिने उल्लेख गरे ।

त्यस्तै उनले आफुहरुले निर्माण गरेको एमालेलाई केपी ओलीले कव्जा गरेका कारण बिद्रोह गर्नुपरेको धारणा राखे । अध्यक्ष नेपालले आफ्नो पार्टीलाई जनताको आकांक्षा अनुरुप नै अघि बढाउनुपर्ने बताए ।

बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमाथि उठेका प्रश्न र सुझावलाई समेटेर बिहीबारको बैठकले पारित गर्ने एकीकृत समाजवादीले जनाएको छ । प्रतिवेदनमाथि छलफल गर्न बिभिन्न समूह बनाइएको र बिहीबार ११ बजे बस्ने बैठकमा निष्कर्ष प्रस्तुत हुने नेताहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्