Logo
Logo

संखुवासभा दुर्घटना अपडेटः घाइते पाँचको उद्दार गर्न हेलिकप्टर जाँदै


1.6k
Shares

काठमाडौं । संखुवासभामा आज बिहान भएको बस दुर्घटनाका घाइते यात्रुको उद्दार गर्न हेलिकप्टर जाने भएको छ ।

दुर्घटनाबाट घाइते बनेका पाँच यात्रुको उद्दारका लागि हेलिकप्टरबाट धरान पठाउन लागिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । संखुवासभाको मादीबाट झापाको दमकतर्फ आउँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ सातघुम्तीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

मृतकको सनाखत गर्ने प्रयास भइरहेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार घाइते पाँच यात्रुको उद्दारका लागि हेलिकप्टर मगाइएको हो । दुर्घटनामा मादी ठेगाना भएका ४८ वर्षीय डम्बरबहादुर कार्की, २२ वर्षीय तुलसा कटवाल, १७ वर्षीय करिस्मा तामाङ, २४ वर्षीय सुवास तामाङ र २४ वर्षीय युका पोखरेल घाइते भएका छन् ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको र हेलिकप्टर पर्खिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्