Logo
Logo

सुनको सिक्री चोरेर भागेका दुई पक्राउ


693
Shares

बर्दिया । सुनको सिक्री चोरेर भाग्दै गरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा रानीघाट नगरपालिका–२० का २१ वर्षीय राकेश सिंह राठौर र सोही ठाउँका १८ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले बढैयाताल गाउँपालिका–८ शितलाबजारमा उक्त गाउँपालिका–८ कण्ठपुरकी ४८ वर्षीया महिलाको सुनको सिक्री चोरेका थिए । सिक्री चोरेर भागेका उनीहरु बुधबार साँझ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार उनीहरुमाथि चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्