काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलीमाथि प्रश्न उठेको छ ।
बिहीबार काठमाडौंमा जारी एकीकृत समाजवादीको बैठकमा समूहगत छलफलको निष्कर्ष राख्ने क्रममा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैली र आचरणमा प्रश्न उठेको हो ।

पार्टीको निर्देशन र आचारसंहिताविपरित मन्त्रीहरुले काम गर्ने गरेको र पार्टीसँग तालमेल मिल्न नसकेको लगायतका प्रश्न उठेको एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले जानकारी दिए ।
उनले अब पार्टीभित्र एमसीसीको विवाद सकिएको र सम्मानीत नेता झलनाथ खनालले पनि अन्य सन्दर्भमा छलफल गर्न उपयुक्त हुने बताएका थिए ।
त्यस्तै स्थानीय निर्वाचनका लागि र प्रतिगामी तत्वहरुलाई प्ररास्त गर्नका लागि पनि गठबन्धनलाई कायमै राखनुपर्ने सुझाव आएको तुलाधरले बताए ।
यसअघि पार्टी अध्यक्ष माधवकुमार नेपालले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि नौ वटा समूह बनाएर केन्द्रीय सदस्यहरुले छलफल गरेका थिए ।












