Logo
Logo

सवारी दुर्घटना घटाउनेतर्फ ध्यान दिन राष्ट्रपतिको आग्रह


126
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी दुर्घटना घटाउनेतर्फ विशेष ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छन् ।

सङ्खुवासभाको मादीमा भएको आज भएको बस दुर्घटनामा १५ जना यात्रीको मृत्यु भएको खबरले आफू मर्माहत भएको बताउँदै राष्ट्रपतिले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिन् । साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् ।

केहीबेरअघि ट्वीट गर्दै राष्ट्रपतिले ‘सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन सम्बद्ध पक्षको ध्यान आकृष्ट गराउँछु’, भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्