Logo
Logo

यस्तो रहनेछ आज दिनभरिको मौसम


882
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव न्यून रहेको छ । देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान देशका अन्य भू–भागमा मौसम सामान्यतयाः सफा रहेको जानकारी दिँदै महाशाखाले दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतयाः सफा रहने उल्लेख गरेको छ । देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ को उच्च हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, आज राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतयाः सफा रहने जनाइएको छ । यसैबीच, देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना भएका कारण आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्