Logo
Logo

निर्वाचनबारे दलहरुसँग छलफल गर्दै आयोग


2.6k
Shares

किाठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ । आयोगले हालसम्मको कार्यप्रगतिबारे जानकारी गराउँदै आगामी रणनीतिबारे छलफल गर्न दलहरुलाई बोलाएको हो ।

आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई आज (शुक्रबार) बिहान ११ः३० बजे छलफलका लागि बोलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ । आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि ८० दलले दल दर्ताका लागि निवेदन दिएकामा ५७ ले मात्र भाग लिएका थिए । उक्त निर्वाचनमा भाग लिएकामध्ये १८ राजनीतिक दलको त्यसबेला स्थानीय तहमा प्रतिनिधित्व रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्