विर्तामोड । त्रिभुवन आर्मी क्लब झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलमा प्रवेश गरेको हो ।

आर्मीलाई सानदार जित दिलाउनको लागि टेकबहादुरले दुई गोल गरे भने सन्तोष तामाङले र सुमन अर्यालले समान एक–एक गोल गरे । सातदोबाटोको लागि सुशील राईले एक गोल फर्काए ।
खेलको २७औँ मिनेटमा सुमनलेले फ्रि किकमार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा सुशील राईले गोल गर्दै पहिलो हाफमा खेल १-१ को बराबरीमा ल्यायो ।
दोस्रो हाफमा आर्मीले ३ गोल थप्यो । ६०औँ मिनेटमा सन्तोष तामाङले नै गोल गर्दै आर्मीलाई पुनः अग्रता दिलाए । ८०औँ टेकबहादुरले गोल र्दै आर्मीलाई ३-१ को अग्रता दिलाए । ८४औँ मिनेटमा टेकबहादुरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै आर्मीलाई सानदार जित दिलाए ।
स्टार खेलाडी गुमाएको सातदोबाटोले निर्धारित ९० मिनेटमा आर्मीविरुद्ध खासै मुभ बनाउन सकेन । ५३ मिनेटमा स्ट्राइकर सुशील राईको पासमा सातदोबाटोका स्कोरर दिपकराजसिंह ठकुरीको कडा प्रहार विपक्षी गोलरक्षक विकेश कुथुले पञ्च गरेर बचाए ।
खेलको प्लेयर अफ द म्याच सन्तोष बने । उनले नगद ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाए । शनिबारको दोस्रो सेमिफाइनल खेल झापा–११ फुटबल क्लब र संकटा क्लबबीच हुनेछ । आर्मीले उक्त विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।











