वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् ।

जसपाबाट निर्वाचित मेयर सरावगीले एमाले प्रवेशका लागि ओलीसँग सिधै वार्ता गर्दै आएका थिए । शनिबार एउटा वैवाहिक कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका ओलीले त्यसलगत्तै सरावगीलाई एमाले प्रवेश गराउने कार्यक्रममा सहभागी भएका थिए ।
सरावगीलाई पार्टी प्रवेश गराउने कार्यक्रममा एमालेका मधेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साहलगायतका नेता सहभागी थिए । सरावगीसँगै वीरगन्ज महानगरपालिकाका चारजना वडाध्यक्ष र सदस्यहरुसमेत एमाले प्रवेश गरेका छन् ।











