धादिङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दम्भ र घमण्डका कारण नेकपा एमालेका अध्यक्ष ओली सडकमा पछारिएको बताएका छन् ।

शनिबार धादिङको गल्छीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘सबै ठाउँमा सरकारमा बसेका केपी ओली किन सडकमा छारिन पुगे ? के गर्छस् मंगले आफ्नै ढंगले ।’ उनले केपी ओली आफ्नै कुवुद्धिले सडकमा पछारिएकाले आफूहरुले देशको अगुवाइ गरिरहेको बताए ।
पाँच दलीय गठबन्धन भत्काउन एमाले अध्यक्ष ओलीले निकै प्रयास गरेपनि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा इमान्दारिता देखाएको बताए ।
अध्यक्ष नेपालले भने, ‘यो गठबन्धन भताभुंग पार्न केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई निकै चारा फाल्ने कोशिस गरे । मान्छेलाई लाग्यो कतै केपी ओली र शेरबहादुर मिल्ने त होइन ? । तर शेरबहादुरजीले इमान्दारिता राख्नुभयो ।’











