Logo
Logo

कांग्रेसको आजदेखि एक महिने चुनावी अभियान


819
Shares

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि चुनावी अभियान सुरु गर्दैछ । वैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षित गरेर कांग्रेसले एक महिने अभियान सुरु गर्न लागेको हो ।

्कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार कांग्रेसले अभियानको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरेको छ । अभियानको आज पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्दैछ ।

चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसको दृष्टिकोण, राष्ट्रिय मुद्दाहरूमा लिइएका अडान र महत्त्वपूर्ण विषयलाई नागरिक समक्ष पुर्याउने प्रवक्ता महतले बताए । स्थानीय तहको चुनावको लागि माहोल बनाउने लगायत आठ वटा मुद्दामा अभियान केन्द्रित हुने छ ।

पार्टीका नेता–कार्यकर्ताहरुलाई जिम्मेवारी बाँडफाँट, एमसीसी सम्झौता पारित गरेको बारेमा यथार्त कुरा नागरिकलाई जानकारी गराउने, कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने र नेकपा सरकारको गएको तीन वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण नागरिक समक्ष व्यापक रूपमा राख्ने प्रवक्ता महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्