
तनहुँ । वाइसीएल नेपाल व्यास नगर कमिटीले दुवै मिर्गौलाका बिरामी व्यास –१४ की १९ वर्षीया खुश्बु रानाको उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको छ ।
उपचारका क्रममा रहेकी उनलाई कमिटीले रु. दुई लाख सात हजार विभिन्न व्यक्ति तथा संघसंस्थाबाट संकलनगरी सहयोग गरेको हो । वाइसीएल केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज ईश्वर बस्याल, गण्डकी प्रदेश सदस्यद्वय बादल आले र एचबी मगर, सदस्यलगायतले खुश्बुका श्रीमान् कोमबहादुर रानालाई संयुक्तरूपमा उक्त रकम शनिबार हस्तान्तरण गरेका हुन् ।
आर्थिक अवस्था नाजुक भएकी खुश्बुको उपचारका लागि उक्त रकम संकलन गरी हस्तान्तरण गरिएको कमिटीका अध्यक्ष निर्दोष भट्टराईले जानकारी दिए ।














