Logo
Logo

आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ


630
Shares

काठमाडौं । आफ्नै ६५ वर्षीया आमा कान्छी बलामीको हत्या गरेको अभियोगमा ३३ वर्षीय भिम बहादुर बलामी पक्राउ परेका छन् ।

ककनी गाउँपालिका-१ नयाँबस्ती बस्ने उनलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भीम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरी शव घरभित्र पत्करले छोपी रोखका थिए ।

प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्