विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहमा केन्द्रीत भएर अभियान चलाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आइतबार विराटनगरको होटल मनास्लुमा आयोजित प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीलाई सिध्याउने प्रयास भइरहेको बताउँसो उक्त निर्देशन दिएका हुन् । उनले दुई पार्टीमात्रै राख्ने गरी नेपालमा अन्तर्राष्ट्रिय ग्राण्ड डिजाइन सुरु भएको जिकिर गरे ।
उनले चुनावमा गठबन्धन भन्दा पनि आफ्नै तागतले जित्नुपर्ने बताए । उनले आगामी स्थानीय तहको चुनाव पार्टीका लागि ठूलो ब्याटल भएको बताए ।
‘हाम्रा लागि यो ठूलो ब्याटल हो, सबै पक्षको तालमेल मिलाएर युद्ध जितेका हौं, डोकोमा रेडियो बोकिन्थ्यो, आफू घाइते हुँदा बोक्ने स्टे«चर बोकेर,आफू मर्दा पुरिने खाल्डो खनेर युद्धमा गएका थियौं, त्यहाँ एकता थियो त्यही कारण हामीले जितेका हौं, अहिले पनि त्यही अवस्थाको एकता गर्नुहोस्,’ उनले भने ।











