Logo
Logo

‘विश्वविद्यालय आधुनिकीरण नहुँदासम्म उच्च शिक्षा सुधार हुँदैन’


567
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नुहँदासम्म उच्च शिक्षामा सुधार नुहने बताएका छन् ।

थापाथली इन्जिनियरिङ क्याम्पसको५६ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले भने– ‘देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुन भएन अहिले युगसुहाउँदो हुनुपर्छ’, मन्त्री पौडेलले भने ‘विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसहरुको सवलिकरणमा ध्यान दिनुपर्यो ।’

देश सुरुङमार्ग, लिफटिङ सिचाई, नयाँ पुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको भन्दै मन्त्रप् पौडेलले इन्जिनियरलाई गम्भीर हुन आग्रहसमेत गरेका छन् । उनले भने– ‘जाँदा पिच भएको बाटो फर्किदा भत्किएको हुन्छ’ मन्त्री पौडेलले भन्नुभयो, ‘यस्तो परम्परालाई चिर्नुपर्याे ।’

पूर्वाधार निमार्णमा इन्जिनियरको बढी भूमिका हुने बताउँदै सानो गल्तीले राज्यलाई ठूलो क्षति हुने उनको भनाइ रहेको छ । ‘समृद्धि भन्नाले पूर्वाधार निर्माण पनि हो,’ उनले भने, ‘यसका लागि दक्षजनशक्ति चाहिन्छ ।’

विभिन्न चरणमा भएका सम्झौतालाई अहिले कार्यान्वयन गर्ने चरणमा रहेको बताउँदै यसवर्षदेखि देशका ४० बढी क्याम्पसहरुको भौतिक संरचना बन्ने उनको भनाइ छ ।

कार्ययोजना, दक्षता, लगनशील, अनुसाशन र उर्जाशील भएमात्रै नविनतम नतिजा दिन सकिने बताए । आफ्नो अधिकारको खोजी मात्रै गरेर नुहुने भन्दै कतव्र्य पनि भूल्न नहुनेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्