Logo
Logo

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित, पदाधिकारीमा को-को भए ?


9.5k
Shares

काठमाडौं । निर्माण व्यवसायी महासंघ (एफक्यान)का अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । निकोलश पाण्डे र हुमनाथ कोइरालालाई पराजित गर्दै सिंह दोस्रो पटक अध्यक्ष बन्न सफल भएका हुन् । ११८५ मत खसेकोमा सिंहले ७ सय ६५ मत प्राप्त गरेका थिए । यस्तै पाण्डेले ३ सय ३७ मत पाउँदा कोइराला ३२ मत मात्रै ल्याएका थिए ।

वरिष्ठ उपाध्यक्ष र महासचिव पनि सिंह प्यानलकै उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा र महासचिवमा रोशन दाहाल निर्वाचित भएका हुन् । लामाले ५ सय ६३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी धिरेन्देर दाहालले २ सय ८९ मत प्राप्त गरेका थिए । महासचिवमा रोशन दाहालले ७ सय १९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी वासुदेव उप्रेतीले १ सय ७२ मत मात्रै ल्याएका छन् ।

उपाध्यक्षमा पाण्डे समूहको वर्चश्व देखिएको छ । एसोसिएट उपाध्यक्षमा रामजी पन्त(मुकेस), प्रदेश १ बाट उपाध्यक्षमा मोहन प्रसाद अधिकारी, लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा टोप बहादुर रायमाझी निर्वाचित भएका छन् ।

त्यस्तै बागमती प्रदेशबाट बालकृष्ण थापा र गण्डकी प्रदेश उपाध्यक्षमा खेम राज मल्ल निर्वाचित भएका छन् । निर्वाचित पाँचै जना उपाध्यक्ष पाण्डे प्यानलका हुन् । यस्तै उप महासचिव नीतिगत तर्फ शिवहरि घिमिरे, मधेस प्रदेश बाट शम्भु ठाकुर, बागमती प्रदेशबाट बालकृष्ण थापा, लुम्बिनी प्रदेशबाट टोप बहादुर रायमाझी, कर्णाली प्रदेशबाट रत्न बहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट प्रकाश सेठी निर्वाचित भएका छन् ।

उपमहासचिव नितिगततर्फ शिवहरी घिमिरे र आन्तरिकतर्फ नरहरि थपलिया निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्ष हिरान श्रेष्ठ र सह–कोषाध्यक्ष सन्तोष शाह निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्