Logo
Logo

यस्तो रहनेछ आज दिनभरिको मौसम


756
Shares

काठमाडौं । हाल बंगलादेशसँगै आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ ।

देशको पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागको मौसम आज बिहान सामान्यतयाः सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र अन्य ठाउँमा मौसम दिउँसो सामान्यतयाः सफा रहनेछ ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । त्यस्तै, राती देशको पहाडी भू–भागमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतयाः सफा रहने महाशाखाले उल्लेख गरेको छ

यसैबीच, देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्