Logo
Logo

दुर्गा प्रसाईँ फेरि पक्राउ


378
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई फेरि पक्राउ गरिएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार बिहान प्रसाईँलाई पक्राउ गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रसाईँलाई पक्राउ गरिएको हो । 

The current image has no alternative text. The file name is: durga-4.jpg

केही दिनअघि प्रसाईँले जेनजी शहीद रसिक खतिवडाकी आमा हुन् । शहीदलाई लिएर प्रसाईँले सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप छ । 

सामाजिक सञ्जालमा ‘छोराको लाससँग सांसद पद साटेको’ भनेर टिप्पणी गरेको भन्दै सांसद खतिवडाले प्रतिनिधि सभाको बैठकमै रोएकी थिइन् । 

प्रसाईंलगायतले अपमानजनक टिप्पणी गरेको भन्दै उनले साइबर ब्युरोमा उजुरी दिएकी हुन् ।  उनकै उजुरीका आधारमा अनुसन्धानका लागि प्रसाईँलाई पक्राउ गरिएको हो । प्रसाईँ पटकपटक पक्राउ पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्