Logo
Logo

केही रहोस् या नरहोस्



शक्तिमा पुगेपछि
अनायास सम्झना भयो
हिजोको तिरस्कार
आँखा अगाडि झट्ट आयो
त्यो अभाव र अतृप्त वासना
अनि लहड जन्म्यो
एउटा तानासाह बन्ने
यात्रा बन्यो अराजकताको
विधिको तोडफोड गर्ने
दोष अरूलाई दिने
आफू पानी मुनिको ओभानो बन्ने
समयको अन्तरालको हेक्का रहेन
आफू उभिएको धरातल
आफैँले ठम्याउन छोडे
म जति अराजक बने
दबिएको सेरोफेरो दबिँदै गयो
म झन् अल्हादित भए
अझ रोमान्स खोजेँ मैले
तर यस पटक –
मैरै मान्छेहरू सङ्गठित भए
मेरै विरुद्ध
मैले दिएको भागबन्डाका खाएकाहरू
मलाई नै निल्न आए
कस्ता–कस्ता कहाँ पुगे
यिनी के हुन् र ?
केबल बत्तीको पुतली
त्यो ठानेर मैले हिसाब किताब गरे
अनि झन् दबाउने खेल खेले
तर खेल रहनेज्याल न खेल्ने हो
झ्याली पिट्दै आइसके
यो पनि जुवाको नसा–
म आखिरी सम्म खेल्छु
केही रहोस् या नरहोस्
बाचेकाहरू माटोको थुप्रा बनुन्
धरती लहुलहान्त होस्
तर म खेल्छु

प्रतिक्रिया दिनुहोस्