Logo
Logo

जोशीमाथिको कारबाही फिर्ता लिन माग


4.7k
Shares

दमौली । नेपाली कांग्रेस भानु नगर कार्यसमितिले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीमाथि केन्द्रीय कार्यसमितिले गरेको कारबाही फिर्ताको माग गरेको छ ।

भानु नगर कार्यसमितिका सभापति रामकुमार श्रेष्ठको अध्यक्षतामा हिजो बसेको बैठकले जोशीमाथिको कारबाही फिर्ता गर्न माग गरेको हो । बैठकले जोशीसहितका कार्यकर्ता असन्तुष्ट भई पार्टीभन्दा बाहिर बस्दा पार्टीलाई क्षति भइरहेकाले कारबाही फिर्ताका लागि प्रदेश, क्षेत्र र जिल्ला कार्यसमितिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि केन्द्रीय समितिले जोशीलाई कारबाही गरेको थियो । त्यसयता जोशीले स्वतन्त्ररूपमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्