Logo
Logo

भृकुटीमण्डपमा जगदम्बा मोटर्सको ‘अचम्मैको महा एक्सचेन्ज’ मेला


252
Shares

काठमाडौं । जगदम्बा मोटर्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज’ मेला सुरु गरेको छ । मेलाको अवसरमा कम्पनीले टीभीएसका दुई नयाँ उत्पादन एनटर्क १५० र अपाचे आरटीआर २०० फोरभी सार्वजनिक गरेको छ ।

नयाँ अपाचे आरटीआर २०० फोरभीमा प्रोजेक्टर हेडलाइट र अपसाइड–डाउन अगाडिको फोर्क जडान गरिएको कम्पनीले जनाएको छ । यसले मोटरसाइकललाई आकर्षक रूपसँगै सवारी सञ्चालनमा सहजता र नियन्त्रण प्रदान गर्ने कम्पनीको दाबी छ ।

मोटरसाइकल म्याट ब्ल्याक र ग्रेनाइट ग्रे गरी दुई रङमा उपलब्ध हुनेछ । यसको परिचयात्मक मूल्य ४ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

नयाँ एनटर्क १५० को मूल्य ३ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ । एनटर्क १५० को सार्वजनिक कार्यक्रममा जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवाल, टीभीएस मोटर कम्पनी इन्डियाका एसिया क्षेत्रीय व्यापार प्रमुख अनुभव बाली र कम्पनीका ब्रान्ड व्यवस्थापक प्रसाद सुन्दरमले संयुक्त रूपमा अनावरण गरे ।

मेलामा हरेक दिन दुई भाग्यशाली ग्राहकले पाँच वर्षसम्म निःशुल्क मर्मतसम्भार सेवा पाउनेछन् । नागरिकता प्रमाणपत्र र सवारी चालक अनुमतिपत्रका आधारमा छिटो ऋण सुविधाको व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ ।

आगन्तुकले विभिन्न मोडलको परीक्षण सवारी गर्न पाउनेछन् । जिमखाना स्टन्ट प्रदर्शन, खेल क्षेत्र तथा खानाका स्टल पनि मेलाका आकर्षणका रूपमा राखिएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्