Logo
Logo

एनआरएनएको निर्वाचन प्रक्रिया तत्काल रोक्न उच्च अदालतको अन्तरिम आदेश


756
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रिया तत्काल रोक्न पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

अदालतले चैत ९ सम्मका लागि अन्तरिम आदेश जारी गरेको हो । सोमबार न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि बुधवार बोलाउने र त्यतिञ्जेलसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको हो ।

चैत ९ गते दुवै पक्षलाई आ–आफ्नो प्रमाणसहित छलफलका लागि अदालतले बोलाएको छ । अब अर्को फैसला नहुँदासम्म एनआरएनएले आगामी चैत १० र ११ गते गराउन लागेको निर्वाचन रोकिने भएको छ ।

एनआरएन अभियन्ताहरू चिन्तामणि सापकोटा र उमेशकुमार पुडासैनीले विवादास्पद प्रतिनिधिसहित एक पक्षीय रुपमा निर्वाचन गर्न लागेको भन्दै त्यसका विरुद्ध रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्