काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय सवारी साधन प्रयोग गर्न जोड गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटामा बसेको उद्योग, वाणिञ्य तथा आपूर्ती मन्त्रालयको मन्त्रालयस्तरीय विकास सस्या समाधान समितिको बैठकमा उनले व्यापार घाटा घटाउन विद्युतको खपत बढाउने पर्ने बताएका हुन् ।

उनले विद्युतीय सवारी साधान, विद्युतीय चुलो लगायतको प्रयाग बढाउनुपर्न बताए । उनले भने, ‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो, ‘अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारी साधान प्रयोग गर्ने र विद्युतको खपत बढाउनु पर्छ ।’
प्रधानमन्त्री देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी व्यापार घाटा घटाउनेगरी नीति र कार्यक्रम अघि बढाउन निर्देशन दिए । ‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब व्यापार घाटा घटाउने गरि नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस्,’ उनले भने ।
प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्म निर्भर हुनेगरी सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरि काम गर्न निर्देशन दिए । उनले स्वदेशी उत्पानलाई प्रोत्साहन गर्न नीति तय गर्नुपर्ने बताए ।
उक्त कार्यक्रममा वाणिञ्य मन्त्रालयका साथै राष्ट्रिय याजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालय लगायतका प्रतिनिधिहरु सहभागी थिए ।











