काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ ।

मंगलबार बसेको समितिको बैठकले सर्वसम्मत रुपमा श्रेष्ठको नाम अनुमोदन गरेको हो । समितिले आह्वान गरेको समयसीमाभित्र कुनै पनि उजुरी नपरेपछि श्रेष्ठलाई सुनवाइ समितिको आजको बैठकले अनुमोदन गरेको हो ।
संसदीय सुनवाइको प्रचलन आएपछि कुनै पनि उजुरी नपरेका श्रेष्ठ सर्वोच्च अदालतका लागि एक्ला न्यायाधीश हुन् ।












