Logo
Logo

चोलेन्द्र प्रकरण- एसएसपी खड्का मानव अधिकार आयोगकाे कार्यालयमा


378
Shares

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का मानव अधिकार आयोगको कार्यालय पुल्चोक पुगेका छन् । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउबारे बुझ्न आयोगले पत्राचारै गरेर बोलाएपछि खड्का अहिले आयोगको कार्यालयमा पुगेका हुन् ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले एसएसपी खड्का कार्यालयमा आएको पुष्टि गरे । आइतबार बिहान ३ बजेतिर आफ्नै निवासमा सुतिरहेका जबरालाई प्रहरीले पक्राउ गरेको थियो । करिब ११ घण्टा प्रहरी नियन्त्रणमा राखेर उनलाई आइतबारे दिउँसो परिवारको जिम्मा लगाइएको थियो ।

उनको पक्राउबारे बुझ्न अपराध अनुसन्धान कार्यालय टेकु पुग्दा भेट गर्न नदिएपछि आयोगको टोली फर्केको थियो । यही विषयमा जवाफ माग्न आयोगले एसएसपी खड्कालाई कार्यालय बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्