Logo
Logo

युक्रेनी सेनाले आत्मसमर्पण गरे गोलाबारी रोकिन्छः पुटिन


882
Shares

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण नगरेसम्म गोलाबारी अन्त्य नहुने अडान लिएका छन् ।

मंगलवार राति फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग एक घण्टाको फोन वार्ताका क्रममा उनले यस्तो अडान लिएका हुन् ।रुसी राष्ट्रपति पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनको सहर मारिओपोलमा जारी आक्रमण रोक्ने धारणा राखेका रुसी प्रशासन केन्द्र क्रेमलिनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फ्रान्सेली अधिकारीहरुका अनुसार उक्त सहरका नागरिकहरूलाई अन्यत्र सार्ने योजनामा विचार गर्न भने पुटिन सहमत छन् । सो विषयमा पुटिन सहमत भएसँगै रुसले आज एक दिनका लागि युद्धविरामको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्