Logo
Logo

कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे


441
Shares

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरूङ (दीपक मनाङे) नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन् । उनी मंगलबार कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश गरेका हुन् ।

इतर समूहको १५औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले मनाङेलाई पार्टीमा स्वागत गरे । उनलाई इतर समूहले महाधिवेशनका लागि मनाङको संयोजकको जिम्मेवारी दिएको छ । कोइरालाको सचिवालयले मनाङे देउवा समूहमा प्रवेश गरेकोबारे जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्