Logo
Logo

बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु


630
Shares

भरतपुर । चितवनमा प्लास्टिक, पेपर, प्रिन्टङ, प्याकेजिङ र प्रोसेसिङसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल फाइभ पी’ सुरु भएको छ ।

मिडिया स्पेस सोलुसन प्राली र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालीको संयुक्त आयोजनामा भरतपुरको औद्योगिक प्रदर्शन केन्द्र एक्स्पो सेन्टरमा बिहीबारदेखि प्रदर्शनी सुरु भएको हो ।

यही चैत २० गतेसम्म हुने प्रदर्शनीमा स्वदेश तथा विदेशबाट गरी १२० बढी कम्पनीका कक्ष रहेका छन् ।

त्यस्तै प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मेसिनरीका उत्पादक, स्क्रिन प्रिन्टिङ, कन्टेनर, इन्डक्सन मोल्डिङ मेसिन, प्रिन्टिङ मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ स्पेयर पार्टस्, पेपर मेसिनरी, पेपर कप मेसिनरी सबै खालका कागज र स्पेर पार्टस्, सिलाइ मेसिनरी उत्पादक, प्याकेजिङ मेसिनरी तथा अन्य थुप्रै उत्पादकको सहभागिता रहेको छ ।

यो प्रदर्शनीलाई नेपाल मुद्रण उद्योग महासङ्घ, कोरोगेटेड बक्स म्यानुफ्याक्चर्स, चितवन उद्योग सङ्घ र नेपाल उद्योग परिसङ्घलगायत आइपिआइए र आइएससीएमए जस्ता विदेशी संस्थाले सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्