Logo
Logo

यस्तो रहनेछ आज दिनभरिको मौसम


1.1k
Shares

काठमाडौं । अहिले देशमा भारतको बिहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आँशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागको मौसम बिहान सामान्यतयाः सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । त्यस्तै दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहने महाशाखाले उल्लेख गरेको छ ।

प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । यसैगरी राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीसँगै मधेश प्रदेशमा आंशिक बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यतयाः सफा रहने बताइएको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार आज प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यसैबीच, तराईका भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीबाट हुनसक्ने सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्