Logo
Logo

छात्रालाई प्राथमिकता दिँदै मेगा बैंकको इ–क्यालेन्डर सावर्जनिक


378
Shares

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले छात्रालाई प्राथमिकता दिँदै ०७९ सालका लागि इ–क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले आर्थिक अवस्था कमजोर र विपन्न परिवारका छात्राहरूलाई मुख्य प्राथमिकता दिँदै इ–क्यालेन्डर ल्याएको हो ।

आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गका परिवारका छोरीहरूको उज्ज्वल भविष्यलाई सुनिश्चित गर्ने प्रयास गरेको बैंकको भनाइ छ । यसका लागि बैंकले ‘शिक्षा नै ज्योति अभियान’अन्तर्गत देशभरका प्रत्येक शाखाबाट दुई–दुई जना छात्राहरूलाई आर्थिक सहयोगको व्यवस्था गरेको जनाएको छ । शिक्षामा बालिकाहरूको पहँुचलाई स्थापित गर्दै महिला सशक्तीकरणमा टेवा पु¥याउन र मेगा बैंकमै रोजगारीको अवसर सिर्जना गर्न बैंकले ‘एक शाखा दुई छोरी’ कार्यक्रम ल्याएको उल्लेख छ । सामुदायिक विद्यालयहरूमा कक्षा एकदेखि १२ सम्म अध्ययनरत सयौँ छात्राहरूलाई अहिले मेगा बैंकले छात्रवृत्ति उपलब्ध गराउँदै आएको जनाइएको छ ।

यो छात्रवृत्तिले शाखा सञ्चालित वडा–पालिकामा मेगा बैंकलाई जनताको बैंकका रूपमा स्थापित गर्नुका साथै बैंकले ‘बैंक अफ दी इयर २०१९’ नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको बैंकको भनाइ छ । यसका साथै सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत विपन्न वर्गका छात्राहरूलाई पढाउनेलगायतका सामाजिक कार्य गरेकै कारण मेगा बैंकले गत साता ‘बेस्ट सिएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सिइओ अफ दी एयर अवार्ड, २०२२’समेत जितेको बैंकले जनाएको छ ।

यसपालिको क्यालेन्डरमा बैंकले छात्रवृत्ति दिइरहेका छात्राहरूको तस्बिर सार्वजनिक गरी उनीहरूलाई प्रोत्साहन गरिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् । उनले भनिन्, ‘विपन्न परिवारका यिनै छोरीहरूलाई हामीले भविष्यमा मेगा स्टारका रूपमा हेर्न चाहन्छौँ, सोहीकारण उनीहरूलाई यसपालिको क्यालेन्डरमा प्राथमिकता दिएर प्रोत्साहन गरेका हौँ ।’

प्रतिक्रिया दिनुहोस्