Logo
Logo

प्रहरीका ५ जना डीएसपीको सरुवा


264.9k
Shares

काठमाडौं । नेपाल प्रहरीका ५ जना डीएसपीको काज सरुवा भएको छ । प्रहरीका एक वृत्त र चार इलाका प्रहरी कार्यालयका प्रमुख फेरिएका हुन् ।

बुधबार भएको काज सरुवाअनुसार, महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा डीएसपी पुरुषोत्तम पाण्डेलाई पठाइएको छ ।

यस्तै, इलाका प्रहरी कार्यालय धरानमा बुद्ध श्रेष्ठ र इलाका प्रहरी कार्यालय सिमरामा युवराज श्रेष्ठको सरुवा भएको छ ।

यस्तै, इलाका प्रहरी कार्यालय गरुडामा वरुण सिंह र इलाका प्रहरी कार्यालय टीकापुरमा हेम शाहीको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्