
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु मैदानमा त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनल खेल खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीचको खेल मध्यान्ह १२ः३० बाट सुरु हुनेछ ।
सिरिजको अघिल्ला चार खेलमा सहज जित हात पारेको नेपाल आजको खेलमा जित निकाल्दै उपाधि आफ्नो पक्षमा बनाउने मौका पाएको छ । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्र्दै सिरिज आफ्नो पक्षमा बनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बताए ।
सन्दीपको कप्तानीमा नेपाले पहिलो पटक घरेलु मैदानमा क्रिकेट सिरिज खेलेको हो । कप्तान तथा खेलाडीको रुपमा आफ्नो लागि यो उपाधि निकै महत्त्वपूर्ण भएको सन्दीपले आइतबार भएको प्रि-म्याच कन्फ्रेन्समा बताए ।
पीएनजीले नेपालसँग सिरिजको दुई खेलमा हार ब्यहोर्यको थियो । त्यसैले पीएनजी आजको खेलमा सहज जितको अपेक्षामा हुनेछ । तर, बलियो टोली नेपालविरुद्ध पीएनजीलाई जित निकाल्न सहज भने छैन् ।











