नुवाकोट । नुवाकोटमा सत्तारुढ राजनीतिक दलहरूले चुनावी गठबन्धनका लागि छलफललाई तीव्र पारेका छन् । आगामी निर्वाचनमा १२ स्थानीय तहमा गठबन्धन गर्नेबारे छलफल बढाइएको हो ।

यसैक्रममा आइतबार बसेको संयुक्त बैठकले गाउँ तथा नगरपालिकामा गठबन्धन गर्न गठबन्धनका पालिका प्रमुखहरुको बैठक सोमबारका लागि तय गरेको छ ।
जुन बैठकले वडा र स्थानीय तहको गठबन्धन सम्बन्धमा राजनीतिक अवस्था र वस्तुस्थितिबारे बृहत छलफल गरी सत्ता गठबन्धन दलको संयुक्त प्रतिवेदन चैत्र २३ गतेभित्र गठबन्धन दलको जिल्ला कार्यालयमा उपलब्ध गराउने निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।















