Logo
Logo

एमसीसी फेल भएको भए श्रीलंकाभन्दा चरम संकटमा जान्थ्यौं : नेता पाण्डे


2k
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अमेरिकी निकाय मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन नगरेको भए नेपाल श्रीलंकाभन्दा चरम संकटमा पुगिसक्ने बताए ।

फाइल फाेटाे

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान)ले आयोजना गरेको हिमालय हाइड्रो एक्स्पो २०२२ लाई सम्बोधन गर्दै नेपालले एमसीसी अस्वीकार गरेको भए नेपाल आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुगिसक्ने बताएका हुन् । उनले भने, ‘हाम्रो आर्थिक परिदृश्य कहीँ न कहीँ एमसीसीसँग जोडिएको छ । एमसीसी फेल भएको भए हामी श्रीलंकाभन्दा चरम संकटमा जान्थ्यौं ।’

आफ्नो दल नेकपा एमाले प्रतिपक्षी भएकाले एमसीसी पास गर्ने बेलामा केही नबोलेको पनि उनले बताए । उनले भने, ‘सरकारमा भएको दलले एमसीसी अनुदान स्वीकार गर्ने प्रस्ताव संसदमा लग्यो । दुई तिहाइबाटै सरकार बन्ने भएकाले त्यो पास गर्न सक्थ्यो । हामी प्रतिपक्षले पास गर्छु भन्दै दौडिँदै जान भएन ।’

प्रतिक्रिया दिनुहोस्