काठमाडौं । नेकपा एकीकृत समाजवादीले आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार सम्पन्न भएको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष माधव नेपालको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी बनाएको हो ।

समितिमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहाकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवम् सदस्यहरु, केन्द्रीय परिषद् सदस्य, प्रदेशका पदाधिकारी, जिल्ला अध्यक्ष जनसंगठनका केन्द्रीय पदाधिकारी रहने छन् ।
यस्तै, महासचिव वेदुराम भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन भएको छ । उक्त समितिमा प्रकाश ज्वाला, गंगालाल तुलाधार, डा। विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेका छन् ।
बैठकले निर्वाचन घोषणा पत्र २०७८ पनि पारित गरेको छ ।












