काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली खानाको स्वाद विश्वव्यापीकरण गर्नमा सेफहरुको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

नेपाल पर्यटन तथा होटेल व्यवस्थापन एकेडेमी (नाथुम) ले आज आयोजना गरेको ‘बीबीसी माष्टर सेफ रिम्याच’ प्रतियोगिता २०२१ का अन्तिम चार प्रतिस्पर्धीको स्वागत तथा अभिनन्दन कार्यक्रममा उनले कोभिडका कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि नाथुमका सेफहरुले बनाएका नेपाली खानाको स्वादलाई विश्वव्यापीकरण गर्न जरुरी भएको बताए ।
उनले भने, ‘कोभिडका कारण हाम्रो उद्योग पर्यटन क्षेत्र निकै धरासायी बनेको छ, अब ती क्षेत्रलाई माथि उकास्नका लागि हाम्रा कला संस्कृतिहरुको प्रचारप्रसार तथा हाम्रा नाथुमका सेफहरुले बनाउने खानाका स्वादलाई विश्वव्यापीरूपमा फैलाउनु पर्यो ।’
यसैगरी मन्त्री आलेले बेलायत ब्रोडकास्टिङका मास्टर सेफको अन्तिम चार प्रतिस्प्रर्धीलाई आज नाथुमको कार्यालयमा स्वागत गर्न पाउँदा निकै खुसी भएकोसमेत बताए । मास्टर सेफका प्रतिस्पर्धीहरु नाथुमका कार्यालयमा आएर यहाँ अध्यन गर्ने नयाँ तथा युवा पुस्तालाई भविष्य निर्धाणरमा उत्प्रेरित गर्ने आफूले विश्वास लिएकोसमेत मन्त्री आलेले बताए ।
उनले भने, ‘खानामा क्षेत्रीयस्तरको स्वादको सबैभन्दा महत्वपूर्ण भूमिका रहने गदर्छ, आफूले सिकेको कुरा यहाँ अध्यान गर्ने विद्यार्थीलाई सिकाउनु होला ।’
यसैगरी मन्त्री आलेले आफू छोटो कार्याकालको सुरुदेखि नै पर्यटन प्रवद्र्धनका लागि प्रयासरत रहेको र पर्यटन प्रवर्द्धनका लागि विभिन्न विज्ञहरुलाईसमेत अहिले नेपाली पर्यटन क्षेत्रमा नियुक्त गरेको जानकारीसमेत गराए ।














