
काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुल भत्किएको छ ।
महाकाली नदीको बाढीले आज बिहान करिब ८ बजे दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग पूरै भत्काएको हो । नदीको बीच भागमा रहेको एक पिलर भत्किएपछि पुलको भाग पनि नदीमा बगेको छ ।
भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौं नम्बर र दोधारा चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको पिलर भत्किएको प्रहरीले जनाएको छ । पुल भत्किएपछि आवाागमन ठप्प भएको छ । याे एसियाकै दोस्रो लामो झोलुङ्गे पुल भनेर चिनिन्छ ।














